Logo

बाबुरामले भने : पूर्व राजाले चुपचाप गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ



काठमाडौं, २६ असोज । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले चुपचाप संघीय लोतान्त्रिक गतन्त्रलाई स्वीकारेर बस्नु नै वेश हुने टिप्पणी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले नेपालमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने बताएपछि बाबुरामले यस्तो बताएका हुन् ।


उनले सामाजिक सञ्जालमा लेखेका छन्-“राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेतीगर्नु र देशलाई पुन:द्वन्दमा धकेल्नु मात्रै हो।पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ!”



प्रतिक्रिया दिनुहोस्