Logo

कतारमा हुने विश्वकपको लागि छनौट हुने पहिलो देश बन्यो जर्मनी



काठमाडौं, २६ असोज । जर्मनी अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलमा छनौट हुने पहिलो टोली बनेको छ । गएराति भएको खेलमा उत्तरी मेसेडोनियालाई ४–० ले हराउँदै जर्मनीले कतार विश्वकपको टिकट काटेको हो ।

विश्वकप छनौटको युरोपेली समूह जे मा रहेको जर्मनीले ८ खेलबाट २१ अंक जोडेको छ । दुई खेल खेल्न बाँकी छँदा दोस्रो स्थानको रोमानियाको १३ अंक छ । गएराति भएका अन्य खेलहरुमा नेदरल्याण्ड्सले जिब्रल्टारलाई ६–० ले हराउँदा वेल्सले इस्टोनियामाथि १–० को जित निकाल्यो ।

यसैगरी चेक गणतन्त्रले बेलारुसलाई २–० ले पराजित गर्दा टर्कीले लात्भियामाथि २–१ को तथा नर्वेले मोन्टेनेग्रोमाथि २–० को जित निकाल्यो । क्रोएसिया र स्लोभाकियाले भने २–२ गोलको बराबरीमा चित्त बुझाए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम