Logo

चीनसँगको नाका तत्काल खोल्न अध्यक्ष कटुवालको आग्रह, नत्र आन्दोलनमा उत्रिने चेतावनी (भिडिओसहित)



काठमाडौं, २६ असोज । राष्टिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले तत्काल चीनसँगको नाका सुचारु नभए आफूहरु बाध्य भएर आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले चीनसँगको नाकामा सिण्डिकेट रहेको पनि बताए ।

उनले आफूहरुको धैर्यताको बाँध नटुटाउनको लागि पनि सरकारलाई ध्यानाकार्षण गराएका छन् । उनले केरुङ र वीरगन्ज भन्सार नाकामा एकरुपता नरहेको पनि सुनाए । उनले नाकामा व्यवसायीहरुलाई दुःख दिने काम भएको पनि टिप्पणी गरेका छन् ।

अहिले चीनबाट लत्ताकपडा, कच्चा पदार्थलगायतका सामाग्री आईरहेको उनले सुनाए । उनले तिहालक्षित सामाग्री पनि नाकामा रहेको भन्दै दश दिनभित्र नआए व्यापारीहरु डुब्ने खतरामा रहेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्