Logo

पूर्वराजा शाहको अभिव्यक्तिको समर्थनमा उत्रिए कमल थापा



काठमाडौं, २६ असोज । राप्रपाका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले अघि सारेको पछिल्लो विचारको समर्थन गरेका छन् । ज्ञानेन्द्रले प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्रको नेपालमा सान्दर्भिकता नहुने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको विभिन्न टिकाटिप्पणी भैरहेको छ ।

पूर्वराजा शाहको उक्त अभिव्यक्ति आएपछि अध्यक्ष थापाले शाहको अभिव्यक्तिमा आम जनताको भावना, चाहना र देशको धरातलीय यथार्थ प्रतिबिम्वित भएको बताएका छ्न । थापाले सामाजिक सञ्जल ट्विटमा लेखेका छन्-

विचार र विषयमा कतिपयको असहमति हुनसक्छ।फरक विचारहरू विचको प्रतिस्पर्धा नै प्रजातन्त्रको सौन्दर्य हो। राजा ज्ञानेन्द्रको अभिव्यक्तिमा आम जनताको भावना,चाहना र देशको धरातलीय यथार्थ प्रतिविम्वित भएको छ। हामीले भन्दै आएका छौं-राजसंस्था सहितको प्रजातन्त्र नेपालको निम्ति उपयुक्त हुन्छ 

परराष्ट्रनीति असन्तुष्टि भई राष्ट्रिय सुरक्षामा चुनौतीः पूर्व राजा शाह



प्रतिक्रिया दिनुहोस्