Logo

५०० किलोको चरा



आधा टन तौल र १२ फिट उचाईको चरा । कुनैबेला सँसारमा यस्ता चराहरु थिए । लोप भइसकेका यस्ता चराबारे नयाँ तथ्य पत्ता लागेको छ ।

१५ देखि २० लाख वर्ष अघिको अवशेषबाट लोप भएको चरा प्रजातिको तथ्य पत्ता लागेको हो ।

क्रिमियाको एउटा गुफामा फेला परेको अवशेषको अध्ययनबाट पृथ्वीको उत्तरी देशान्तरमा पाचिस्र्टुथिओ दमानीसेन्सी वैज्ञानिक नामको चरा थियो भन्ने पुष्टि भएको छ ।

जर्नल अफ भर्टिब्रेट पेलीओनटोलोजीमा प्रकाशित लेखमा चराबारे वृस्तृत अध्ययन उल्लेख छ । यति ठूलो चरा युरोपमा रहेकोबारे पहिलोपटक तथ्य फेला परेको लेखक निकिता जेलेनकोभले विज्ञप्तिमार्फत् भनेकी छिन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्