Logo

नवनियुक्त फ्रान्सेली राजदूतले भेटे माधव नेपाल, के विषयमा कुरा भयो 



काठमाडौं, २६ असोज । नेपालका लागि नवनियुक्त फ्रान्सेली राजदूत गिल्स बर्वाउले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । अध्यक्ष नेपालको सचिवालयले जनाएअनुसार नेपाल र राजदूत बर्वाउबीच आज बेलुकी भेटर्वाा भएको हो ।

पूर्वप्रधानमन्त्री तथा नेपाल फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजक समेत रहेका अध्यक्ष नेपालले उक्त अवसरमा नवनियुक्त राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै, फ्रान्सेली राजदूतले नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने कुरा बताएका थिए ।

भेटका अवसरमा नेपाल(फ्रान्स सम्बन्ध, सहयोग र सहकार्यको इतिहास, वर्तमान र भविष्यका संभावनाका विषयमा कुराकानी भएको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्