Logo

जनताको मन जित्नेगरि काम गर्छु : मन्त्री दोबाटे (भिडिओसहित)



काठमाडौं, २७ असोज । गण्डकी प्रदेशका विना विभागीय मन्त्री दोबाटे विश्वकर्माले आफूलाई मन्त्री बनाउनको लागि सिंगो नेपाली कांग्रेसको हात रहेको स्पष्ट पारेका छन् । उनले यसमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको पनि हात रहेको सुनाए ।

उनले अहिले आफू विनाविभागीय मन्त्री बन्दापनि खुशी रहेको सुनाए । उनले आफूल प्रदेशवासी जनताको हित हुनेगरि काम गर्ने सुनाए । आज विहान नेपाली रेडियो नेटवर्ककबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

गण्डकी सरकारले अघि सारेका नीति तथा कार्यक्रम लागु गर्नु आफ्नो दायित्व रहेको पनि सुनाए । उनले आफू र विन्दुकुमार थापाबीच राम्रो सम्बन्ध रहेको पनि विश्वास दिलाए । उनले दलित आन्दोलनको लागि आफूहरु सधैं समर्पित रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्