Logo

रोनाल्डोले पोर्चुगलका लागि ह्याट्रिक गर्दा ११५औं अन्तर्राष्ट्रिय गोल



एजेन्सी, २७ असोज । क्रिस्टियानो रोनाल्डोले लक्जेमवर्गविरुद्ध ह्याट्रिक गर्दै पोर्चुगललको विश्वकप छनोट सम्भावनालाई बलियो बनाएका छन् । उनले यो सँगै देशका लागि अहिलेसम्मकै सर्वाधिक ११५ गोल संख्या बनाएका छन् ।

रोनाल्डोले ५८औं ह्याट्रिक समेत गरेका छन् । ब्रुनो फर्नान्डेज र जोआओ पालहिन्हाले समेत गोल गर्दै पोर्चुगललाई ५-० को जीत दिलाए । जीतसँगै पोर्चुगल समूहमा सर्बियाभन्दा एक अंकले मात्र पछाडि रहेको छ । समूह चरणमा पहिलो स्थान बनाउने टोली सिधै छनोट हुनेछ । दोस्रो हुने टोलीले प्ले अफ खेल्नुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्