Logo

सल्यानको खैराबाङ मन्दिरमा अहिलेसम्मकै अत्यधिक भिडभाड, चार हजार पशुबलि



शरद रेग्मी,सल्यान २७,असोज/ सल्यानको प्रसिद्ध धार्मिक स्थल खैराबाङ भगवतिको मन्दिरमा सबैभन्दा बढि चार हजार  बलि चढाईएको छ । मन्दिरमा आज सबैभन्दा बढि दर्शनार्थीहरुको भिड लागेको मन्दिरका पुजारी नवीन पौडेलले जानकारी दिएका छन ।
मन्दिरमा घटस्थापना देखि दशमिका दिन सम्म विशेष पुजापाठ तथा बलि दिने गरिन्छ । तर विभिन्न जिल्ला बाट बर्ष दिन भरिनै सर्वसाधारण हरु मन्दिर पुग्ने र बलि दिने गर्दछन ।  गतसाल कोरोना महामारीका कारण मन्दिरमा पुजाआजा गर्न रोक लगाईएको थियो । तर यसपर्ष सुरक्षाको मापदण्ड अपनाएर पुजा आराधना गर्ने बाताबरण मिलाएका थियौ तर यसपटक गतसाल गरिएका भाकल समेत मन्दिर पुगेका कारण भिडभाड बढेको मन्दिर ब्यबस्थापन समितिले जानकारी दिएको छ ।
आज बुधबार महाअष्टमिका अबसरमा बिभिन्न दलका नेता ,मन्त्री ,सासद,जनप्रतिनिधि तथा उधोगि ब्यबसायि सहित पत्रकारहरुको टोलि सल्यानको खैराबाङ देविको दर्शन गर्न पुगेका छन । मन्दिरको ब्यबस्थापनमा स्थानिय सारदा नगरपालिका ,बागचौर नगरपालिका र  सल्यान जिल्लाका गाउपालिकाहरुले सहयोग गर्दै आएका छन ।
हजारौँ दर्शनार्थि पुग्ने मन्दिरमा बाटोको समस्या थियो म मेयर भएर आएपछि बाटो फराकिलो र ब्यबस्थित गर्ने काम भैरहेको छ सारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बताउनु भयो ।
मेयर अधिकारीका अनुसार प्रदेश र सघिय सरकरको सहयोगमा बाटो ब्यबस्थित र स्तरउन्नति गर्ने अभियानमा समेत आफुले निरन्तर लागि गरिरहेको समेत बताउनु भयो । परापुर्बकालमा राणा तथा पुर्व राजाहरुले मन्दिरमा पुगेर ब्रतबन्ध गर्ने ,पाजुपाठ गर्ने तथा बलि दिएपछि मात्रै सर्वसाधारणका लागि पुजा खुल्ला हुने किम्वदन्तिमा उल्लेख  गरिएको छ ।
तत्कालीन समयमा मध्ये पश्चिम भ्रमणका क्रममा सल्यान स्थित खैराबाङ मन्दिरमा बिशेष पुजापाठ गर्न पुगेका  तत्कालीन राजा स्वर्गीय बिरेन्द्र शाहले मन्दिर ब्यबस्थापनमा समेत सहयोग गर्नुभएको  थियो |



प्रतिक्रिया दिनुहोस्