Logo

विश्वकप छनौट : इंग्ल्यान्ड हंगेरीसँग बराबरीमा रोकियो



काठमाडौं, २७ असोज । फिफा विश्वकप अन्तर्गतको युरोपियन छनोटमा इंग्ल्यान्ड बराबरीमा रोकिएको छ ।  मंगलबार भएको खेलमा इंग्यान्ड हंगेरीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको २४ औं मिनेटमा रोनाल्ड सालाईले पेनाल्टीमार्फत गोल गर्दै हंगेरीलाई सुरुआती अग्रता दिलाएका थिए ।  तर, खेलको ३७ औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याएका थिए । पहिलो हाफमा १–१ को बराबरी अवस्थामा रहेको खेलमा दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो ।

समूह ‘आई’मा रहेको इंग्ल्यान्ड यस बराबरीसँगै ८ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । वेम्बली स्टेडियममा भएको खेलमा हंगेरीका समर्थकहरुले हिंसात्मक गतिबिधि देखाएपछि खेल प्रभावित भएको थियो । हंगेरी ११ अंकसहित चौथो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्