Logo

गोपालमान श्रेष्ठको टिप्पणी : राजसंस्था फर्कने अब कल्पना नगरे हुन्छ (भिडिओसहित)



काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले नेपालमा अब राजसंस्था फर्कने कल्पना नगरे हुन्छ भन्ने टिप्पणी गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना दिनु एउटा कुरा भएको तर नेपालमा राजसंस्था फर्कने सपना नदेखे हुन्छ भनेका छन् । उनले आफू सुरुदेखि नै जनताको पक्षमा बोल्दै आएको सुनाएका छन् ।

उनले आफू जहिलेपनि जनताको पक्षमा उभिने व्यक्ति भएको जिकिर गरे । उनले आफू २०२० सालदेखि नै जनताको पक्षमा उभिएको जिकिर गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले दुर्गमका जनता चामल नपाएर ठूलो मारमा रहेको सुनाए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई राहत दिनेगरि कदम चाल्न पनि आग्रह गरेका छन् । उनले आफूले प्रधानमन्त्री देउवालाई साथ दिँदै आएको सुनाए। र, अब आगामी दिनमा आफूलाई पनि सभापतिमा सघाउनुपर्नेमा जोड दिए । उनले आफू नै देउवाको नेचुरल उत्तराधिकारी रहेको सुनाए ।

उनले आगामी १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेद्धवारी रहेको सुनाए । र, सभापतिमा देउवाले आफूलाई अघि सार्ने उनले जनाए । उनले आफ्नो उम्मेद्धवारी तय भएसँगै सबै नेतालाई व्यवस्थापन गरेर अघि बढ्ने पनि विश्वास दिलाए । उनले देउवाले उम्मेद्धवारी दिए त्यो दुर्भाग्यपूर्ण हुने पनि जनाए । उनले आफूलाई सभापतिमा देउवाले सघाउनेमा आफू विश्वस्त रहेको सुनाए । उनले आफू नै सभापति देउवाको विश्वासपात्र भएको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्