Logo

उत्तर कोरियाली सैनिकले जब फलामको रड बंग्याएर देखाए



एजेन्सी, २७ असोज । उत्तर कोरियाको राष्ट्रिय मिडियाले गजबको दृश्य देखाएको छ । सैन्य पोशाकमा रहेका सैनिकले खाली हातले ईट्टा फुटाएको र फलामको रड बंग्याएको दृश्य देखाएका हुन् ।
खाली हातले देखाइएको पौरख प्योङयाङमा भएको थियो । उक्त दृश्य उत्तर कोरियाली नेता किम जोङ उनले पनि हेरेका थिए ।

सैनिकहरुले फुटेको शिशा र फलामको किलामाथि सुत्ने सम्मको कला देखाए । फलामको रड बंग्याएर जञ्जिरहरु समेत चुँडालेको दृश्य देखाइएको थियो । दुईजनाले घाँटीमा रड राखेर बंग्याएका थिए ।

कम्युनिस्ट शासन रहेको उत्तर कोरियामा किमको वंशले तीन पुस्ता देखि शासन गर्दै आएको छ । त्यहाँ निकै कडा नियम छ । उत्तर कोरिया बाहिरी दुनियाँका कमै व्यक्तिहरुको पहुँचमा छ ।



प्रतिक्रिया दिनुहोस्