Logo

सर्पले टोकाएर पत्नीको हत्या गर्ने यी युवक



एजेन्सी, २७ असोज । पत्नी सुतिरहेकी हुन्छिन् । पतिले सर्प छाड्छन् । पलङमा छाडेको सर्पले पत्नीलाई टोक्छ ।

गोमन साँपको टोकाईले मृत्यु भएपछि आशंकाहरु उठ्छन् । अनुसन्धानबाट पतिले योजनावद्ध तरिकाले साँपले टोकाएर पत्निीको हत्या गरेको खुल्छ ।

यो घटना गत वर्ष भारतमा भएको हो । सुरज कुमारले २५ वर्षीया पत्नी उथ्रालाई सर्पले योजनावद्ध तरिकाले टोकाएर हत्या गरेका थिए ।

सोमबार भारतको अदालतले सुरजलाई दोषी ठहर गर्दै दोब्बर जन्मकैद सुनाएको छ । सुरजले दाइजोको विषय उठाएर पत्नीलाई दुःख दिदै आएका थिए । प्रहरीले सुरजविरुद्ध एक हजार पेजको अनुसन्धान दस्तावेजसहित उजूरी गरेको थियो ।

उथ्राको माइती पक्षले केही हप्ता पहिले पनि सर्पले टोकेर उपचार भएको जानकारी पाएका थिए । उनी पहिलो टोकाइले बचेकी थिइन् । तर, दोस्रोपटक फेरि सर्पले टोकेर मृत्यु भएको भनिएपछि आशंका उठेको थियो ।



प्रतिक्रिया दिनुहोस्