Logo

साफ च्याम्पियनसीपः बङ्गलादेशले गोल गरेसँगै नेपालमाथि दबाब



काठमाडौं, २७ असोज । मालदिभ्समा जारी साफ च्याम्पियनशीप फुटबलमा बङ्गलादेशले नेपालमाथि गोल गरेको छ । बङ्गलादेशले पहिलो हाफको ९औं मिनेटमा गोल गरेपछि नेपाल दबाबमा परेको हो ।

सुमोन रेजाले बङ्गलादेशका लागि गोल गरेका थिए । गोल खाएपछि नेपाल आक्रामक खेल खेलिरहेको छ ।

खेलमा नेपालले बराबरी गरेमात्र पनि फाइनलको यात्रा तय गर्नेछ । बङ्गलादेशलाई जित्नैपर्ने वाध्यता छ ।



प्रतिक्रिया दिनुहोस्