Logo

शोकमा डुब्यो मुगु (मृतकको नामावलीसहित)



काठमाडौं, २७ असोज । मुगु बस दुर्घटनाका अधिकांश मृतक र घाइतेहरु दशैंका लागि घर हिडेका थिए । तर, उनीहरुको दशैं दशा बन्यो । बीच बाटोमै बसको टायर पञ्चर भएर अनियन्त्रित भई भीरमा खस्यो ।

मङ्गलबार भएको बस दुर्घटनामा मृत्यु हुने ३२ जनामध्ये २० पुरुष, ८ महिला र २ जना नाबालक हुन् ।

नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढीतर्फ जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस पिनाटपने खोलामा खस्दा उनीहरुको मृत्यु भएको थियो । अधिकांशको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकहरु

लग्न सेजुवाल, छायाँनाथ रारा नगरपालिका, वर्ष १९ र उनका २ वर्षका छोरा
अमृता शाही राणा, २१ वर्ष
आयुष राणा, ५ वर्ष
महेन्द्र शाही, २२ वर्ष
मनदेवी बम, २० वर्ष
पूजा बुढा, १८ वर्ष
प्यारी विक कामी, ३३ वर्ष
दानबहादुर रावल, ३५ वर्ष, चालक
सन्तोष बिकालु, २२ वर्ष
सरिता खड्का, २० वर्ष
अमर साउद, १८ वर्ष
सुनबहादुर विक, २२ वर्ष
छाता साउद, २२ वर्ष
कर्णसिंह बुढा, २२ वर्ष
शिव बुढा, १९ वर्ष
रुपसिंह कार्की, २० वर्ष
चन्द्रा मल्ल, २३ वर्ष
राममाया धामी, १९ वर्ष
प्रकाश बुढा, २२ वर्ष
अजय कार्की, २९ वर्ष
कमला बीसी राउन, ३२ वर्ष
मनरुप कुमाल, सोरु गाउँपालिका, २५ वर्ष
प्रदीप स्वर्णकार, बाँके, २२ वर्ष
उम्मर सावद, १८ वर्ष
अमृता शाही राना, २१ वर्ष र उनका ५ वर्षीय छोरा आयुश राना
मनरुप कमाई,
चन्द्रप्रकाश भाम, १८ वर्ष
आइतसिंह कार्मी, २३ वर्ष
टोपबहादुर बिष्ट, २८ वर्ष



प्रतिक्रिया दिनुहोस्