Logo

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना



एजेन्सी, २७ असोज । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । ज्वरो आएर कमजोर भएपछि उनी अस्पताल भर्ना भएको जनाइएको छ ।

सिंह नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका हुन् । ८९ वर्षीय सिंहलाई गत वर्ष कोरोना भाइरसको संक्रमण भएको थियो । उनको प्रधानमन्त्री छँदै मुटुको शल्यक्रिया भएको थियो ।

कँग्रेस आईका नेता समेत रहेका सिंह दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेका थिए । उनी सालिन प्रधानमन्त्रीका रुपमा चिनिएका थिए ।



प्रतिक्रिया दिनुहोस्