Logo

पूर्वराजा ज्ञानेन्द्रको बचाउमा उत्रिए सुरेन्द्र केसी (भिडिओसहित)



काठमाडौं, २८ असोज । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले दसैंको महत्व र क्रेजअहिलेपनि यथावत रहेको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिले नेपाली जनता र दलका नेताहरुबीच सुमधुर सम्बन्ध नरहेको पनि उनको जिकिर छ ।

अहिलेको नेतृत्वसँग जनताको समृद्धिको कल्पना गर्नु गलत हुने पनि केसीको टिप्पणी छ । हिजो राजाको ठाउँ आजका नेताहरुले स्थान ओगटेको पनि उनले स्मरण गराए । उनले लोकतान्त्रिक व्यवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो अभिव्यक्ति दिएको पनि सुनाए । उनले भने, लोकतन्त्रमा सबैले स्थान पाउनुपर्छ ।

पूर्वराजाले यहाँभित्रका विकृति र विसंगतिलाई नोटिस गरेको हो । शान्ति, सुव्यवस्ता बिग्रिएको छ । त्यसलाई त मैले पनि भनें नि । उनले नेपालका नेताहरुले नै यसअघि बेवी किंग, सांस्कृति राजा चाहिन्छ भनेको पनि स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्