Logo

सुन्दरमणि दिक्षितको टिप्पणी : ज्ञानेन्द्र आउ भनेर म त भन्न सक्दिन्, कसरी भन्ने ? (भिडिओसहित)



काठमाडौं, २८ असोज । नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले आफू हिन्दूराष्टको पक्षमा नभएको जिकिर गरेका छन् । आफू हिन्दू भएको चाहीँ उनले सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

हिजो नेपाल हिन्दूराष्ट हुँदाको पशुपति र आजको पशुपतिमा धेरै फरक रहेको भन्दै आजको पशुपति धेरै राम्रो भएको उनको भनाई छ । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धर्मसँग जोड्न नहुने टिप्पणी गरेका छन् । आफूले सधैं मर्निक वाक गर्ने गरेको र यो अनन्तको यात्रासँग जोडिएको पनि दिक्षितले सुनाए ।

ज्ञानेन्द्र शाहले राजाबिनाको प्रजातन्त्र र प्रजातन्त्रबिनाको राजसंस्था नेपालमा सान्दर्भिक नभएको भनेर दिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाए । उनले आफू ज्ञानेन्द्रको पक्षमा उभिनै नसक्नेपनि जिकिर गरे । ज्ञानेन्द्रले नेपालमा कु गरेकोले उनको पक्षमा आफू उभिनै नसक्ने पनि दाबी गरे । उनले आफूले अब ज्ञानेन्द्र आउ भनेर भन्न नसक्ने पनि सुनाए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot