Logo

एकैपटक १० बच्चा जन्माएकी भनिएकी महिला गर्भवती नै भएको खुलेपछि…



केही महिना अघि विश्वभर एउटा खबरले सनसनी मच्चायो । एकजना महिलाले एकैपटक १० बच्चालाई जन्म दिएको खबर थियो त्यो । यस्तो अहिलेसम्म भएको थिएन । सामान्यतया मान्छेले एक पटकमा एक बच्चालाई मात्र जन्म दिने गर्छ ।

कहिलेकाहीं दुई या तीनसम्म जन्मिएका हुन्छन् । अपवादमा केही बढी जन्मिएको घटना पनि छ । तर, १० बच्चाको एकैपटक जन्म भएको खबरलाई विश्वभरका मिडियाले यो खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेका थिए ।

दक्षिण अफ्रिकाकी ३७ वर्षीया गोसियामी सिथोलीले एकैपटक १० बच्चालाई जन्म दिएको खबर तस्बिरसहित सार्वजनिक भएको थियो । उनीबारे धेरैको चासो भयो । खबर आएपछि त्यहाँको गाउटेङ क्षेत्रमा खोज्दै कुनै पनि अस्पतालमा त्यति संख्यामा बच्चा जन्मिएको खुलेन ।

बच्चालाई जन्म दिएकी भनिएकी सिथोली गर्भवती समेत नभएको खुल्यो । उनलाई नियन्त्रणमा लिएर मानसिक अवस्थाको जाँच समेत गरियो ।

सिथोलीसँग ६ वर्षीय जुम्ल्याहा बच्चाहरु भएको खुलेको थियो। उनी जोहानेसवर्ग नजिकैको गाउटेङ क्षेत्रमा बसोबास गर्दै आएको खुलेको थियो ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्