Logo

यी पुरुषका ३९ पत्नीसहित सन्तान एउटै घरमा



यी हुन् जिओना । यीनको ३९ पत्नी र २ सय जति सन्तान दरसन्तान छन् । जिओनाको सन्तान दरसन्तान एउटै घरमा बस्छन् । उनले पत्नी र यति धेरै सन्तानलाई एउटै घरमा व्यवस्थापन गरेपछि धेरैले परिवारबारे अध्ययन समेत गरे ।

जिओना भारतको मिजोराम राज्यको चुआन थार तिआननुम गाउँका बासिन्दा हुन् । उनले ७६ वर्ष उमेरसम्म संयुक्त परिवारको उदाहरण प्रस्तुत गरे ।

यसै वर्ष जिओनाको ७६ वर्षको उमेरमा निधन भएको छ । मधुमेहका विरामी उनको सोही रोगका कारण निधन भएको थियो ।

जिओनाको निधन भएपछि चुआन थार तिआननुम गाउँमा यो संयुक्त परिवार अझै चल्दैछ ।

जिओनाले पहिलो पत्नीसँग १५ वर्षको उमेरमा सन् १९५९ मा विवाह गरेका थिए । २४ वर्षको उमेरमा दोस्रो विवाह गरे । पछिल्लो विवाह उनले २५ वर्षीया युवतीसँग सन् २००४ मा विवाह गरेका थिए ।

कतिपय छोरीहरु विवाह गरेर गएका छन् । उनको चार तल्ले विशाल घरमा अझैपनि १६२ जना बस्दै आएका छन् । उनको परिवारलाई हेर्नकै लागि गाउँमा पर्यटक आउने गरेका छन् ।-
एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्