Logo

धेरै समय सँगै बस्दा यौन जीवनमा संकट



कोरोना महामारीका कारण धेरै मानिसको यौन जीवन नराम्ररी बिथोलियो। अन्तरंग सम्बन्धमा त्यसको दुष्प्रभाव अझै बढ्दो छ । यसले दुरगामी असर पारेको छ ।

सुरुसुरुको लकडाउन जिन्दगीको भागदौडमा रहेका जोडीहरुका निम्ति गर्मीमा शीतल बर्सातजस्तो राहत थियो । केही समय जोडीहरुले अन्तरंग सम्बन्धको आनन्द उठाए पनि । बिस्तारै त्यसमा बदलाव आयो ।

सन् २०२० को अन्त्यतिर  भारत, टर्की, इटाली र अमेरिकामा गरिएका शोध अध्ययन अनुसार लकडाउनकै क्रममा अन्तरंग सम्बन्धमा निकै गिरावट आएको पाइयो । ‘मलाई लाग्छ, यसको एक महत्त्वपूर्ण कारण जोडीहरु एकदम तनावमा छन्,’ अमेरिकास्थित द किन्से इन्स्टिच्युटका सामाजिक मनोवैज्ञानिक तथा रिसर्च फेलो जस्टिन लेमिलर भन्छन् ।

लेमिलरका अनुसार महामारीबाट सिर्जित लकडाउनले अनिश्चितता र भयको माहोल बनायो । एकसाथ अधिक समय बिताएका कतिपय जोडीमा स्वास्थ्य, वित्तीय असुरक्षालगायत चिन्ता थपिए, घरभित्र एकै प्रकारको नीरस जीवन बिताउनु पर्दा यौन जीवनमा उदासी छायो । जोडीका लागि जहरिलो साबित भएको महामारी अन्त्य हुनासाथ के यौन जीवनमा वसन्तको जस्तो बहार आउला त रु

टेक्सास स्टेट युनिभर्सिटीका सामाजिक मनोवैज्ञानिक तथा सहायक प्रोफेसर रोन्डा बालज़ारिनीका शब्दमा लकडाउनको प्रारम्भिक स्थितिमा यौनेच्छामा वृद्धि ‘हनिमुनु चरणजस्तो थियो । जोडीहरु सँगै रात बिताउने दुई जहाजजस्ता थिए ।

छिमेकीको घर जान र जरूरी पर्दा ट्वाइलेट पेपर माग्न पनि सकिन्थ्यो । बिस्तारै त्यस्ता सामान दुर्लभ हुँदै गयो । शरीर तनावग्रस्त हुँदा ऊर्जा कम हुँदै गएर मोहभंग र अवसाद शुरू भयो ।

५७ देशका १८ वर्षदेखि माथि उमेरका मानिसमा गरिएको अर्को अध्ययनमा वित्तीय चिन्तासँग यौन इच्छा जोडिएको देखियो । लकडाउन लम्बिदै जाँदा तनावले मानिसहरु थाक्दै गए । वरिपरिका र चिनारु मानिसको घर तथा अस्पतालमा मृत्यु हुन थाल्यो । त्यसले निम्त्याएको ‘ट्रिगरिङ डिप्रेसनु ले उत्तेजनामा कठिनाइ आउँदा यौन इच्छा नकारात्मक रूपले प्रभावित हुनु स्वाभाविकै हो । निष्कर्ष के आयो भने तनाव, अवसाद र यौन इच्छाका बीचमा निकै गहिरो सम्बन्ध रहेछ ।

ह्युस्टन, टेक्सासका सेक्स थेरापिस्ट एमिली जामिया भन्छन्, ‘ठूलो खतरा छ भने दुई ज़ेब्रा शेरको सामु मिलेर बस्दैनन् । जोखिम छ भने हाम्रो शरीरले पनि सेक्सका लागि यो सही समय होइन भन्ने संकेत पठाउँछ ।’

महामारीका कारण पुरुषभन्दा महिला झन् प्रताडित छन् । सामाजिक एवं व्यावसायिक जीवनबाट अलग हुनु पर्दा, करिअरलाई थाती राख्नु पर्दा, घरका काम, बच्चाको देखभालमा ज्यादा समय दिनु पर्दा  उनीहरुको यौन आत्मविश्वास एवं प्रदर्शनमा गम्भीर दुष्प्रभाव परेको छ ।

किन्से इन्स्टिच्युटका शोधकर्ताले यौन जीवन राम्रो बनाउनका लागि सुझाव पनि दिएका छन्स् ओछ्यानमा केही नयाँपन ल्याउने कोसिस गर्नुस् । यसले यौन इच्छा र अन्तरंग सम्बन्धलाई पुनर्जीवित गरिदिन सक्छ । लेमिलरको शब्दमा नयाँ आसन, आआफ्ना कल्पनाबारे अभिनय, मसाज आदि त्यसका केही उपकरण हुन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्