Logo

जापान समुन्द्रमा रुस-चीन संयुक्त युद्ध अभ्यास



एजेन्सी, २८ असोज । रुस र चीनबीच समुन्द्री युद्ध अभ्यास सुरु भएको छ । यो अभ्यास जापान समुन्द्रमा सुरु भएको हो ।

रुसी समाचार एजेन्सी तासका अनुसार अक्टोबर १४ बाट सुरु हुने समुन्द्री युद्धको अभ्यास १७ अक्टोबरसम्म चल्नेछ । रुस र चीनबीच पछिल्लो समय सम्बन्ध झन् सुदृढ भइरहँदा जापान समुन्द्रमा युद्ध अभ्यास सुरु भएको हो ।

दुवै देशका युद्धपोतहरु युद्ध अभ्यासमा प्रयोग गरिएका छन् । युद्धपोतसहित सैन्य हेलिकोप्टर र युद्धक विमानहरु प्रयोगमा ल्याइएका छन् ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्