Logo

एथलेटिक्सकी विश्व किर्तिमानधारी केन्याली खेलाडीको हत्या गरी पति फरार



एजेन्सी, २८ असोज । केन्याकी विश्व किर्तिमानधारी खेलाडी आग्नेज टिरोपको हत्या भएको छ । उनलाई पतिले हत्या गरेको खुलेको छ ।

टिरोप निवासमा मृत भेटिएकी थिइन् । उनको घाँटी र पेटमा चक्कुको गहिरो घाउ र कोठामा रगत भरिएको भेटिएको हो ।

टिरोपका पति घटनापछि फरार छन् । उनको खोजी भइरहेको जनाइएको छ । टिरोपीले घटनाका बेला आफन्तलाई फोन गरी पतिले आक्रमण गरेको बताएकी थिइन् ।

२५ वर्षीया टिरोपले केही महिना अघि मात्र १० किलोमिटर दौडमा विश्व किर्तिमान बनाएकी थिइन् ।

टिरोपको पार्क गरिएको कारको झ्यालहरु फुटाइएको भेटिएको छ । उनको पतिसँग विवाद हुँदै आएको खुलेको छ ।

टोकियो ओलम्पिकमा ५००० मिटर दौडमा चौंथो स्थान हासिल गरेकी थिइन् । उनले विश्व च्याम्पियनशीपमा पदक जितेकी थिइन् । टिरोपलाई भविष्य बोकेकी खेलाडीका रुपमा लिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्