Logo

नर्वेका धनुवाण हत्याकाण्डका दोषी धर्म परिवर्तन गरी इसाईबाट इस्लाम बनेको खुल्यो



एजेन्सी, २८ असोज । नर्वेमा धनुवाण हत्याकाण्डका दोषी पत्ता लागेका छन् । उनी डेनमार्कका नागरिक भएको खुलेको छ ।

दोषी ३७ वर्षका हुन् र उनी हालैमात्र इसाईबाट इस्लाम बनेका थिए । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

दोषीले बुधबार साँझ नर्वेको दक्षिणी सहर कोंग्सवर्गमा ४ महिला र १ पुरुषको हत्या गरेका थिए । उनलाई गएराति नै पक्राउ गरी सोधपुछ गरिएको थियो ।

घटनाको ६ मिनेटलगत्तै प्रहरीले दोषीलाई पक्राउ गरेको थियो । उनले ५० देखि ७० वर्षकामाथि आक्रमण गरेका थिए ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्