Logo

सामाजिक न्यायसहितको विकास आजको आश्यकता होः मन्त्री बराल



पोखरा, २८ असोज। गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री रामजीप्रसाद बरालले प्रदेशका बहुवर्षीय आयोजनाका कार्यक्रम स्रोत अभावले हाललाई स्थगित मात्र गरिएको जानकारी दिनुभएको छ ।

भरतपोखरी विकास मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “अघिल्लो सरकारले ल्याएको बहुवर्षीय आयोजनाका बजेट काटिएको छैन्, बजेट अभावले हाल स्थगित मात्र गरिएको छ ।” मन्त्री बरालले सामाजिक न्यायसहितको विकास आजको आवश्यकता भएको पनि बताउनुभयो ।

नेकपा एमालेका नेता रश्मी आचार्यले देश विकासमा साझा धारणाको आवश्यता आँैल्याउँदै विकासमा विभाजित मानसिकताले देशलाई क्षति हुने धारणा राख्नुभयो । नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष धनराज आचार्यले विकास सबैको साझा भएको बताउँदै यसमा सबैको साझा प्रतिबद्धता हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विश्वविद्यालयका विभिन्न परीक्षाहरुमा उत्कृष्टता हासिल गर्ने भरत पोखरीका विद्यार्थीलाई सम्मान गरिएको थियो ।

लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बी १ का गर्भनर विशेश्वर आचार्य, पत्रकार रामजीप्रसाद लम्साल, नेपाली कांग्रेसका बिजयराज आचार्यलगायतले कोरोना महामारी अझै रहेकाले स्वास्थ्य सतर्कतासहित चाडपर्व मनाउन आग्रह गर्नुभयो ।

मञ्चका अध्यक्ष डिल्लीराम बरालले पर्वहरुले सामाजिक सद्भाव र सहिष्णुता बढाउने भएकाले सबैले पर्वको महत्वलाई उजागार गर्नुपर्नेमा जोड दिनुभयो । (RSS)



प्रतिक्रिया दिनुहोस्