Logo

बडादसैँले आपसी सद्भाव कायम गरी भ्रातृत्वको भावना जगाउँछ ः मुख्यमन्त्री भट्ट



कञ्चनपुर, २८ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुदूरपश्चिम प्रदेशवासीहरुलाई बडादसैँले एकताको सूत्रमा आबद्ध गरी विविधताका बीच एकता कायम गर्ने बताउनुभएको छ ।

प्रदेशवासीका नाममा आज शुभकामना सन्देश जारी गर्दै उहाँले बडादसैँले धार्मिक सहिष्णुता, आपसी सद्भाव, भ्रातृत्व कायम गरी एकापसमा खुसियाली साटासाट गर्ने अवसर प्रदान गर्ने बताउनुभएको छ ।

विश्वव्यापी रुपमा रहेको कोभिड–१९ का कारण अझै सहज रुपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन उहाँले प्रदेशवासीलाई अपिल गर्नुभएको छ ।

बडादसैँले आपसी, समझदारी, बन्धुत्व, सामाजिक सद्भाव तथा पारिवारिक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पु¥याउने शुभेच्छासमेत उहाँले व्यक्त गर्नुभएको छ । (RSS)



प्रतिक्रिया दिनुहोस्