Logo

विश्वासको मत पाउने मुख्यमन्त्री आचार्यको दाबी



काठमाडौं, २८ असोज । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफ्नो सरकार नढल्ने बताएका छचन् । उनले आफूले विश्वासको मत पाउने दावी गरेका छन् । आज झापाको विर्तामोडमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले विश्वासको मत प्राप्त गर्ने दाबी गरेका हुन् ।

उनले अन्य दलसँग मिलेर बहुमत जुटाउने काम गरिरहेका सुनाए । उनले भने, “त्यो सम्भव छ, हामी सफल हुन्छौं।” प्रदेश नम्बर १ मा सरकार परिवर्तनको प्रयास भैरहेको छ । नेकपा (एकीकृत समाजवादी) ले राजेन्द्र राईको नेतृत्वमा सरकार बनाउने चर्चा छ । दसैंलगत्तै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने भनिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्