Logo

देउवा सरकार र अदालतबीच ‘बार्टर सिस्टम’ मा सत्ता परिवर्तन भएको ओलीको आरोप



काठमाडौं, २८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अदालतप्रति झन् आक्रामक बन्दै गएका छन् । उनले अदालतको भूमिकाको आलोचना हुँदै व्यङ्ग्य गर्न थालेका छन् ।

आज गृहजिल्ला झापा पुगेर ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार र अदालतबीच बार्टर चलेको आरोप लगाए । बार्टर सिस्टममै सत्ता परिवर्तन भएको आरोप लगाउँदै भने, ‘तीन महिनापछि बल्लतल्ल सरकारले पूर्णता पायो, त्यो पनि जेठानलाई मन्त्री बनाएर ।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान नाता पार्ने गजेन्द्र हमालको मन्त्री नियुक्तिप्रति ओलीले कटाक्ष गरे । उनले भने, सरकार परिवर्तन पनि बार्टर सिस्टममा देखियो ।
सरकारलाई परमादेशको भन्दै आलोचना गरे । उनले देउवा सरकार र अदालतलाई जोडेर व्यङ्ग्य धेरै गरे ।

ओलीले प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधि सभा विघटन गरेको र त्यसलाई अदालतले असंवैधानिक ठहर गरेको थियो । दोस्रो पटक पुनःस्थपना गर्दा अदालतको आदेशले देउवा प्रधानमन्त्री बन्न सफल भएका थिए ।



प्रतिक्रिया दिनुहोस्