Logo

अनुपम खेर सगरमाथाको फेदमा मस्त, अमिताभ र डेनी पनि आउँदै



काठमाडौं, २८ असोज । बलिउड कलाकार अनुपम खेर नेपालमा छन् । उनी सगरमाथाको फेदमा बसेर सुन्दर दृश्यहरु कैद गरिरहेका छन् ।

फिल्म उचाईको सुटिङका लागि अनुपम खेर बलिउडका अन्य कलाकारसहित आएका हुन् । उनले सगरमाथाको फेदमा बसेर सुन्दर दृश्यहरु कैद गर्दै सामाजिक सञ्जालमा राखिरहेका छन् ।

बलिउडका बादशाह अमिताभ बच्चन र भेट्रान कलाकार डेनी डेङजोङ्पा पनि नेपाल आउँदैछन् । उनीहरु धेरै वर्ष पछि नेपाल आउन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्