Logo

गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु (नामावलीसहित)



बुटवल, २९ असोज । गुल्मीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गएराति सदरमुकाम तम्घासतर्फ जाँदै गरेको लु १ ज ४४९० नम्बरको जीप रेसुङ्गा नगरपालिका १० स्थित पाँचरातेमा सडकभन्दा ५ सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।

घटनामा ६ जना घाइते भएका छन् । घटनामा मृत्यु हुनेहरुमा मुसिकोट नगरपालिका-२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, ४६ वर्षीया राधिका थापा र चुँदारीका १९ वर्षीया संगिता सुनार रहेको प्रहरीले जनाएको छ । उपचारका क्रममा गुल्मी अस्प्तालमा उनीहरुको निधन भएको हो ।

घाइतेहरुको उपचार भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्