Logo

हाम्रो सभापतिले व्यवस्थालाई भन्दापनि सत्तालाई महत्व दिनुभयो : रामचन्द्र पौडेल (भिडिओसहित)



काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका नेताहरु व्यवस्थालाई भन्दापनि सत्तालाई महत्व दिन व्यस्त रहेको टिप्पणी गरेका छन् । उनले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा पनि सत्तामा बढि लागेको सुनाए ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले समयमै निर्णय नगर्दा देशमा बेथिति सुरु भएको पनि गुनासो पोखे ।

पछिल्लो समय कांग्रेसकै नेतृत्वमा दल विभाजनसम्बन्धी अध्यादेश आउनु पनि दुःखद् भएको उनको टिप्पणी छ । उनले आफूहरु अझैपनि तोकिएकै मितिमा महाधिवेशन गर्नेगरि लागिपरेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्