Logo

अनावश्यक आशंकाले न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्नसक्नेः प्रधानन्यायाधीश जबरा (सन्देशसहित)



काठमाडौं, २९ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अनावश्यक रुपमा हुने आशंका र टीकाटिप्पणीबाट न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्न सक्ने बताएका छन् । उनले आज विजयादशमीको अवसरमा शुभकामना सन्देशमार्फत् न्यायपालिकाको संवेदनशीलताप्रति सचेत र सजक रहेको समेत बताएका छन् ।

‘न्यायपालिकाको प्रमुखको हैसियतले नेपालको संविधानले आत्मसात गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता एवम् स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिका र विधिको शासनसम्बन्धी आवधारणाप्रति निष्ठापूर्वकको प्रतिवद्धताका साथ संविधानले दिएको भूमिका र जिम्मेवारीप्रतिको दृढतासमेत व्यक्त गर्दछु,’ प्रधानन्यायाधीश जबराले भने, ‘त्यसमा कहीं कतैबाट आँच आउन नदिन सदैव सचेत, गम्भीर र संवेदनशील रहेको पनि प्रष्ट पार्न चाहन्छु ।’

उनले विजयादशमी लगायत चाडपर्वले नेपाली समाजमा एकता, सहिष्णुता र आपसी सदभाव कायम गर्न सदीऔं देखि महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । उनले भनेका छन्, ‘विविधताबीचको एकता कायम गरी सामाजिक सांस्कृतिक ऐक्यवद्धता प्रवद्र्धन गर्न यी चाडपर्वहरुले महत्वपूर्ण आधार प्रदान गर्दै आएका छन् ।’



प्रतिक्रिया दिनुहोस्