Logo

श्रीकृष्ण कसरी भए आकर्षक



“सर्व आकर्षित कृष्ण” । भगवान कृष्णको अर्थ आकर्षण पनि हो । यो नामले प्रकृतिको वर्णन गर्दछ, सत्य व्यक्तित्वको वर्णन गर्दछ ।

भगवान कृष्णलाई हिन्दु धर्मवलम्विहरुले सृष्टिकर्ता विष्णुको अर्काे रुप मान्ने गरेका छन् । भगवान कृष्ण सबैको दृष्टिकोणमा अत्याधिक आकर्षक भएको कुरा दन्त्यकथाहरु र कृष्णको नाममा बनेका विभिन्न कार्टुन, फिल्महरुमा सुन्न र देख्न पाइन्छ ।

भगवानले पूर्ण संसारको भौतिक प्रकृतिको कानुनमार्फत् गुरुत्वाकर्षणको नियम र कर्मको कानुनको निर्माण गरेको मानिन्छ । अध्यात्ममा भौतिकवादको प्रभुत्वले विश्वव्यापी व्यवस्थालाई बाधा पुर्याउँछ, धार्मिक उद्धार गर्न र दैविक सिद्धान्तहरुको पुनः स्थापना गर्न भगवान यस धर्तीमा आउने श्रीमद् भगवत् गीतामा लेखिएको छ ।

भगवान कृष्णको आगमन कानुन कायम गर्न मात्र नभएर संसारमा माया प्रेम जगाउन पनि भयो । जब हामी कृष्णलाई माया गर्छौं, हाम्रो प्रेममा कहिले रुकावट हुँदैन, कहिल्यै विश्वासघात हुँदैन, कहिल्यै निराश हुँदैन, कहिल्यै निराश हुँदैन। प्रेमको अर्काे रुप हुन् भगवान कृष्ण ।

जन्माष्टमीमा भगवान कृष्णले मध्यरातको अन्धकार समयमा भौतिक संसारमा प्रवेश गर्दा अन्धकार अलि कम हुनथाल्यो । त्यस्तै गरी, धेरै चिन्ता र दुःखबाट ग्रसित भएर अन्धकार भएको हाम्रो मुटुलाई अनन्त आशाको ज्योति प्रदान गर्नु भयो । यसले हामी सबै जो हाम्रो आफ्नै विनाशकारी चाहनाहरु द्वारा बन्धनमा परेका छौ, सबैलाई भगवानले मुक्त गर्ने संकेत गर्दछ ।



प्रतिक्रिया दिनुहोस्