Logo

सञ्चारमन्त्रीबाट टीका ग्रहण



काठमाडौं, २९ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमा अम्बिकादेबी कार्कीबाट विजयादशमीको टीका ग्रहण गर्नुभएको छ ।

पुल्चोकस्थित मन्त्रीनिवासमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा सञ्चारमन्त्री कार्कीले टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको हो ।

सञ्चारमन्त्रीले परिवारका सदस्य र आफन्तजनमाझ दसैँको टीका लगाउनुभएको उहाँका स्वकीय सचिव रामजी थापाले राससलाई जानकारी दिनुभयो । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सावधानी अपनाएर मन्त्री निवासमा सीमित सङ्ख्याको उपस्थितिमा टीका लगाइएको छ । (RSS)



प्रतिक्रिया दिनुहोस्