Logo

राजदूतहरुले मनाए दशैं, चिनियाँ राजदूतले लगाइदिइन् टीका



काठमाडौं, २९ असोज । नेपालस्थित विभिन्न देशका राजदूतहरुले पनि दशैं मनाएका छन् । आज विजयमा दशमीमा टीका समेत लगाएका छन् ।

भारतीय राजदूत विजयमोहन क्वात्राले दशैं मनाएका छन् । उनले दशैंका उपलक्ष्यमा शुभकामना समेत दिएका छन् ।

चिनियाँ राजदूत होउ यान्छीले सहकर्मीहरुसँग दशैं मनाएकी छिन् । उनले दशैंमा खुशी व्यक्त गर्दै टीका लगाएको तस्बिर समेत सार्वजनिक गरेकी छिन् ।

अमेरिकी राजदूतले पनि दशैं मनाएकी छिन् । उनले पनि टीका लगाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्