Logo

जब चारजना आत्मघाती बम हमलाकारीले अफगानिस्तानको मस्जिदमा आक्रमण गरे



एजेन्सी, २९ असोज । अफगानिस्तानको कान्दाहार शहरमा बम बिष्फोट हुँदा ३२ जनाको मृत्यु भएको छ । घटनामा ४५ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार शुक्रबार अपरान्ह बिबि फतिमा मस्जिदमा शुक्रबारको प्रार्थना भइरहँदा घटना भएको हो । सिया मुसलमानहरु उक्त मस्जिदमा खचाखच थिए ।

मस्जिदको मुख्य ढोकामा बम हमला भएको थियो । घटनामा आत्मघाती बम हमलाकारी संलग्न भएको जनाइएको छ । प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै अलजजिराले चारजना आत्मघाती बम हमलाकारी मस्जिदमा छिरेर आक्रमण गरेको जनाएको छ । दुईजनाले बम दिएको र दुईजना छिरेर बम बिष्फोट गराएको उल्लेख छ ।-Photo Source: AFP



प्रतिक्रिया दिनुहोस्