Logo

‘दसैं बहिष्कारको नारा दिने’ लाई कमल थापाको कडा जवाफ



काठमाडौं, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दसैं बहिष्कारको नारा दिनेलाई कडा जवाफ दिएका छन् । उनले नेपालस्थित विदेशी राजदूत र फुटबल प्रशिक्षकको तस्बिर राख्दै कडा जवाफ दिएका हुन् ।

थापाले आज ट्वीट गर्दै दसैं नेपाली पहिचानसँग गाँसिएको पावन सामाजिक सांस्कृतिक पर्व भएकोले चिनियाँ, अमेरिकी र मुस्लिमहरुले पनि मनाउँदा हिनताबोध नगर्ने तर्क गरेका छन् । उनीहरुले जात र धर्म छाडेको अनुभूति नगर्ने थापाको भनाई छ ।

थापाले लेखेका छन्ः दसैं बहिष्कारको नारा दिएर ‘क्रान्तिकारी’भएको ठान्ने र समाजमा द्वेष बढाउनेहरूले बुझ्नुपर्छ कि दसैं नेपाली पहिचानसँग गाँसिएको पावन सामाजिक सांस्कृतिक पर्व हो।चिनियाँ,अमेरिकी र मुस्लिमहरूले पनि दसैं मनाउँदा हिनताबोध गर्दैनन्।जात र धर्म छोडेको अनुभूति गर्दैनन्। परस्पर सदभाव कायम गरौँ



प्रतिक्रिया दिनुहोस्