Logo

दशैंमा यी तस्बिरको सन्देश



काठमाडौं, २९ असोज । बडा दसैंको मुख्य दिन विजया दशमीमा नेपालीहरुको घर घरमा टीका लगाएर मनाइयो । तर, कतिपय व्यक्ति र समूह दसैं बहिष्कारको नारा घन्काइरहेका थिए । दसैं जर्बजस्ती मान्न वाध्य पारिएको सम्मका कथाहरु बुनिए ।

दसैं जाति विशेषको चाडपर्व होइन सम्म भनियो । दसैंबारे विभिन्न टिकाटिप्पणी भइरहँदा यसवर्ष नेपालीहरुले घर घरमा गक्ष अनुसार दसैं मनाए । दसैं मनाउने तरिका केही फरक भएपनि खुशी साटे ।

नेपालीहरुको सबैभन्दा महान चाड दसैंको महत्व सबैभन्दा बढी विदेशी राजदूतहरुले बुझेको देखियो । अमेरिकी राजदूत रेण्डी बेरी र चिनियाँ राजदूत होउ यान्छीले दशैं मनाए । उनीहरुले आज टीका लगाउने र लगाइदिने कार्यक्रम गरे । फरक संस्कृति र देशको भएपनि उनीहरुले नेपालमा बसेर नेपाली संस्कृतिको सम्मान गर्दै टीका लगाएका थिए ।

राजदूतहरु बेरी र यान्छीले टीका लगाएको तस्बिर भाइरल भयो । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले पनि दशैंमा शुभकामना सन्देश दिए । उनी स्वयंले नेपालमा दसैं भनिए जस्तै भारतमा दशहरा मनाए ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुतारीले पनि टीका लगाए । मालदिभ्समै दसैं मनाउँदै उनले नेपाली फुटबल पदाधिकारी र खेलाडीहरुसँग दसैं मनाए । उनले टीका लगाएको दृश्य सार्वजनिक भएको छ ।

नेपालमा रहेका विदेशी नियोगका प्रमुख र फुटबल प्रशिक्षकले पनि दसैं मनाएर टीका समेत लगाउनुले यसको महत्व अझ बढाएको देखिन्छ । दसैं सदभाव र एकताको चाँड रहेको र यो नेपालीको मनको चाँड रहेको बुझेकाले उनीहरुले पनि मनाए । यसबाट विदेशी राजदूतहरुले नेपालीको मन जित्न खोजेका छन् । दसैं यसबाट पनि मनको चाँड भएको सन्देश गएको छ ।



प्रतिक्रिया दिनुहोस्