Logo

भारत र पाकिस्तानभन्दा नेपालमा कम भोकमरी



काठमाडौं, २९ असोज । विश्व भोकमरी सूचांकमा नेपाल ७६औं स्थानमा पुगेको छ । दुई दशकमा महत्वपूर्ण उपलब्धि हासिल गरेपनि पछिल्लो समय त्यो सुस्त भएको छ । तैपनि नेपालले भारत र पाकिस्तानभन्दा कम भोकमरी भएको देशमै उभ्याउन सकेको छ ।

नेपालले १९.१ अंक प्राप्त गर्दै ७६औं स्थान बनाएको छ । प्रतिवेदनमा नेपालको ४.८ प्रतिशत जनसंख्या अपर्याप्त खानाले समस्यामा छ । ३१.५ प्रतिशत ५ वर्ष मुनीका बालबालिकाको वृद्धिदर कम छ ।
१२ प्रतिशत ५ वर्ष मुनीका बालबालिका ख्याउटे छन् । ३.१ प्रतिशत बालबालिको ५ वर्ष नपुग्दै मृत्यु हुने गरेको छ ।

नेपाल भोकमरीको सूचांकमा भारतभन्दा राम्रो स्थितिमा रहेको छ । भारत गत वर्ष ९४औं स्थानमा रहेकोमा यस वर्ष ७ स्थान खस्किएर १०१औं स्थानमा पुगेको छ ।

११६ देशको भोकमरीको अवस्थाबारे तयार पारिएको सुचांकमा भारतको स्थिति खस्किएपछि गम्भीर बहस हुन थालेको छ ।

ग्लोबल हंगर इन्डेक्स ४ वटा सूचांकका आधारमा तयार गरिएको प्रतिवेदन हो । जसमा अपर्याप्त भोजन, कुपोषण, बालबालिको वृद्धि दर, बाल मृत्युदर छन् ।

दक्षिण एशियामा बँगलादेश नेपाल समान ७६औं स्थानमा छ । पाकिस्तान ९२औं स्थानमा छ ।

भारत र पाकिस्तानभन्दा नेपालमा कम भोकमरी रहेको प्रतिवेदनले देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्