Logo

तालिवानको तारोमा परेका महिला फुटबलर अफगानिस्तानबाट कतार लगिए



एजेन्सी, २९ असोज । तालिवानको तारोमा परेका अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरुको उद्धार भएको छ । उनीहरुको परिवारसहित उद्धार भएको हो ।

फिफाको संयोजनमा कतारले फुटबलरहरुको उद्धार गरेको हो । काबुलबाट दोहाका लागि बिहिबार उडेको विमानमा महिला फुटबलरसहित उनीहरुका परिवारका सदस्य समेत थिए । कुल एक सयजनाको उद्धार गरी कतार लगिएको जनाइएको छ ।

तालिवानको शासनपछि धेरै महिला खेलाडीहरु लुकेका थिए । कतिपय खेलाडी पाकिस्तानतर्फ भागेका थिए ।-Photo Source: AFP



प्रतिक्रिया दिनुहोस्