Logo

केपी ओलीले गोल गर्नुपर्ने बेलामा नै गोल गर्नुहुन्छ, देउवाको प्रहार पोलमा ठोक्किएर फर्किएको छ : तामाङ (भिडिओसहित)



काठमाडौं, ३० असोज । नेकपा (एमाले) का पार्टी कार्यालय सचिव एवम् सांसद शेरबहादुर तामाङले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जतिखेर गोल गर्नुपर्ने हो त्यति नै बेला निर्णायक गोल गर्ने बताएका छन् ।

उनले अहिले अध्यक्ष ओलीले वार्मअप गरिरहेको र खेलमा पनि विजयी हुने बताए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आज मुलुकको सबै ध्यान केपी ओलीप्रति भएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक खेलमा गोल गर्न नसक्ने पनि उनकोदाबी थियो ।

उनले आगामी निर्वाचनपनि ओलीले नै गर्ने पनि सुनाए । उनले गोल गर्नको लागि ओलीलाई सरकारमा हुनैपर्छ भन्ने पनि नभएको भन्दै २०७४ सालको निर्वाचन स्मरण गराए । उनले ओली नेपाली राजनीतिको राजनेता भैसकेको पनि सुनाए । उनले देउवाले प्रहार गरेको बल नै पोलमा ठोक्किएर फर्किएको पनि बताए । पछिल्लो समय त देउवाले बल नै खेलाउन नसकेको पनि उनको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्