Logo

जसपा फुटाउन सक्ने कसैको हिम्मत छैन् : मनिष सुमन (भिडिओसहित)



काठमाडौं, ३० असोज । जनता समाजवादी पार्टी, नेपालका नेता तथा प्रदेश नम्बर २ का सांसद मनिष सुमनले मन्त्री बन्न नपाएकाहरुले पार्टीको विरुद्धमा गतिविधि गरेकोमा असन्तुष्टि पोखेका छन् ।

उनले प्रदीप यादवले मन्त्री बन्न नपाएकोमा पार्टीविरुद्ध विरोध तथा प्रदर्शन गर्नु अशोभनीय रहेको सुनाए । यद्धपी सांसद यादव आँफै उपस्थित् भएर प्रदर्शन नगरेको पनि सुनाए ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अब जसपालाई फुटाउन सक्ने कसैको हिम्मत नै नभएको भन्दै कल्पना नगरे हुन्छ भन्ने प्रतिक्रिया दिए । उनले जनता कुनै व्यक्तिको पक्षमा भन्दापनि पार्टीको पक्षमा हुने सुनाए ।



प्रतिक्रिया दिनुहोस्