Logo

हत्या गरिएकी विश्व किर्तिमानधारी धाविकाका पतिको धेरै महिलासँग सम्बन्ध



एजेन्सी, ३० असोज । पतिद्वारा हत्या गरिएकी केन्याकी विश्व किर्तिमानधारी धाविका अग्नेस जिवेट टिरोेप वैवाहिक जीवन धरापमा परिसकेको खुलेको छ । २५ वर्षीया टिरोपले ४० कटेका इमानुएल रोटिचसँग विवाह गर्दा परिवारले विरोध गरेका थिए ।

परिवारको विरोधका बाबजुद रोटिचसँग विवाह गरेकी थिइन् । उनको व्यवहारप्रति टिरोपको परिवार सन्तुष्ट थिएन । रोटिचको धेरै महिलासँग सम्बन्ध खुलेको छ । उनले पतिलाई अरु महिलासँग रङ्गेहात भेटेकी थिइन् । दुवैबीच निकै विवाद भएको थियो ।

टोकिया ओलम्पिकमा जाँदा पनि दुई बीच विवाद भएको छ । झगडाले उग्र रुप लिइसकेको थियो । निकै तनावमा टोकियो पुगेकी टिरोपले ५ हजार मिटर दौडमा चौंथो स्थान हासिल गरेकी थिइन् ।
टोकियाबाट फर्किएपछि उनलाई पतिले भौतिक आक्रमण गरेका थिए । उनको मुख सुन्निएको थियो ।

गत हप्ता हत्या हुँदाको दिन पनि विवाद भएको खुलेको छ । टिरोपले परिवारलाई टेलिफोन गरी आफूलाई निर्ममतापूर्वक आक्रमण भएको सुनाएकी थिइन् ।

टिरोप गत हप्ता मृत भेटिइन् । उनको घाँटी र पेटमा गहिरो घाउहरु थिए । रगतले कोठा लत्पत्तिएको थियो ।

हत्यापछि उनका पति रिटोच देश छाडी भाग्न खोजेका थिए । तर, केन्याको प्रहरीले नियन्त्रणमा लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्