Logo

नेपाललाई फुटबलमा इतिहास रच्ने मौका



काठमाडौं, ३० असोज । आज नेपालका लागि फुटबलमा ऐतिहासिक अवसर छ । साफ च्याम्पियनसिपमा भारतलाई हराउन सके नेपालले पहिलोपटक उपाधि जितेर इतिहास बनाउनेछ ।

साफ च्याम्पियनसिपको फाइनलमा पुगेर नेपाललाई इतिहास रचिसकेको छ । यसअघि नेपाल साफ च्याम्पियनसिप फुटबलमा कहिल्यै फाइनलमा पुग्न सकेको थिए ।

नेपालले राउन्ड रोबिनका आधारमा भएको खेलमा २ जित १ बराबरी र १ हार व्यहोर्यो । आयोजक मालदिभ्स र श्रीलंकालाई पराजित गर्यो । अंकका आधारमा फाइनलमा स्थान पक्का गर्यो ।

राउन्ड रोबिनको आधारमा भएको खेलमा नेपालले भारतसँग हार व्यहोरेको थियो । भारतसँग नै यसपटक फाइनल भिडन्त हुँदैछ । फिफा वरियतामा नेपालभन्दा भारत माथिल्लो स्थानमा छ । अर्कोतर्फ, भारतमा व्यवसायिक फुटबल निकै अगाडि बढेको छ । जसका कारण त्यहाँको फुटबलको स्तर विकास भएको छ ।

भारतसँगको भिडन्त नेपालका लागि निकै कठिन छ तर असम्भव होइन । पछिल्ला तीन खेलमा नेपालले १ बराबरी र २ हार व्यहोरेको छ । साफ च्याम्पियनसिपमा नेपालले सन् २०१३ मा भारतमाथि २-१ को जीत निकालेको थियो ।

नेपाल पहिलोपटक फाइनलमा पुगेर इतिहास रचेको छ । साफ च्याम्पियनसिपको १३ संस्करण भइसकेको छ । भारतले भने १२ पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगी ७ पल्टी उपाधि उचालेको छ । इतिहास भारतको पक्षमा छ । तर, नेपाली खेलाडीहरु इतिहास रच्ने हौसलाका लागि मालदिभ्सको मैदानमा उत्रदैछन् । नेपाललाई इतिहास रच्ने मौका छन् जसका लागि खेलाडीहरुले खेलमा सुधार गर्दै सफलता हासिल गर्नेतर्फ उत्साह जगाएका छन् ।-Photo Source: ANFA



प्रतिक्रिया दिनुहोस्