Logo

नेपाली फुटबल प्रशिक्षक अतमुताइरी यसकारण दर्शकदीर्घामा बस्नुपर्ने



काठमाडौं, ३० असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अतमुताइरी विवादमा आइरहन्छन् । उनको अभिव्यक्तिका कारण बेला बेलामा समस्यामा पर्ने गरेका छन् । यसपटक उनलाई अभिव्यक्तिकै कारण निलम्बन गरिएको चर्चा छ ।

अल्मुताइरीले साफ पछि नेपालको प्रशिक्षक नरहने र नेपाल पनि नफर्कने अभिव्यक्ति दिएका थिए । यसले निकै चर्चा पायो । तर, उनलाई कारण अर्कै देखाएर निलम्बन गरिएको उल्लेख छ ।

निलम्बनमा परेका कारण अलमुताइरी साफ च्याम्पियनसिपको भारतविरुद्धको खेलमा दर्शकदीर्घामा बस्नुपर्ने भएको छ । श्रीलंका र बँगलादेशविरुद्धको खेलमा गरी दुईवटा पहेंलो कार्ड पाएको भन्दै निलम्बन गरिएको साफले जनाएको छ । तर, अल्मुताइरीले भने आफूलाई निलम्बन गर्नकै लागि नियम परिवर्तन गरिएको जवाफ दिएका छन् ।

दुईवटा पहेंलो कार्ड फरक खेलमा पाएका प्रशिक्षकलाई अर्को खेलमा निलम्बन गर्ने प्रचलन नभएको अल्मुताइरीको तर्क छ । यस्तो नियम खेलाडीको हकमा मात्र लागू हुने उनको भनाई छ ।
यसअघि मालदिभ्सविरुद्धको खेलमा भारतका प्रशिक्षकले रातो कार्ड पाएका थिए । उनी पनि फाइनल भिडन्तमा हुने छैनन् ।



प्रतिक्रिया दिनुहोस्