Logo

६० वर्षमा ३० वर्षको जस्तो देखिने सुन्दरीहरुको सँसार



तपाईं यी सुन्दरीहरुको उमेर थाहापाउँदा पत्याउन सक्नुहुन्न । उनीहरु उमेरभन्दा २० देखि ३० वर्ष कमका देखिन्छन् ।

६० वर्ष कटेकाहरु ३० वर्षका जस्ता देखिन्छन् । बाहिरी दुनियाँका कसैले उनीहरुको उमेर भन्दा हाँस्छन् । महिलाहरु जति सुन्दर छन् पुरुषहरु उत्तिकै आकर्षक र कम उमेरका देखिन्छन् । यसको रहस्य हाहे त्यहाँको स्वच्छ वातावरण, हिमनदीको पानी र अर्गानिक भोजन ।

सँसारकै सुन्दर महिलाहरु हिमालयको काखमा अवस्थित पाकिस्तानको उत्तरी भागमा हुन्जा नामक क्षेत्रमा बसोबास गर्छन् । त्यो स्थान अति सुन्दर छ । हिमालयको स्वच्छ पानी बग्छ जुन त्यहाँका बासिन्दाले पिउँछन् । फलफूलको राम्रो उत्पादन हुन्छ जुन उनीहरु सेवन गर्छन् ।

८७ हजार जनसंख्या रहेको हुन्जा उपत्यकामा विश्वकै सुन्दरीहरु बस्ने गर्छन् । उनीहरुको सामान्य पाकिस्तानीको औसत आयु ६० वर्ष रहेकोमा निकै हाँस्ने गर्छन । हुन्जाका सुन्दरीहरुको औसत आयु एक सय वर्ष माथि रहेको छ ।

महिलाहरुको बच्चा पाउने औसत आयु करिब ६५ वर्ष सम्म रहेको छ । यी कारण उनीहरुको जीवन शैली र वातावरण हो । उनीहरु हिमनदीको पानी पिउँछन् । खानपिन अर्गानिक हुन्छ । भोजनमा मासु कम र फलफूल र सुख्खा खानेकुरा बढी हुन्छ ।

हुन्जाहरूले अलेक्ज्याण्डर महानको सन्तान भएको दाबी गर्छन् । अलेक्ज्याण्डरले उक्त क्षेत्र कब्जा गर्दा त्यहीं बसेका थिए । गाउँहरूमा बस्न थाले र एक–अर्कामा विवाह गरे । त्यहाँको वातावरण गजबको छ । हुन्जा चर्चामा आएको कारण त्यहाँको एक मानिस बेलायत जाँदा उनको पासपोर्टमा जन्म दिन १८३२ रहेको हुँदा बिमानस्थलका कर्मचारीहरु छक्क परेका थिए ।



प्रतिक्रिया दिनुहोस्