Logo

करोडौं मूल्य पर्ने रक्सीको बोतल



रक्सीको मूल्य करोडौं पर्ने सुनिएकै छ । तर, रक्सीको बोतलकै करोडौं पर्ने सुन्दा आश्चर्य लाग्ला । तर, यो सत्य हो ।

३५ लाख डलर अर्थात् ४२ करोड नेपाली रुपैयाँ पर्ने रक्सीको बोतल हो पेसन आजटेका प्लाटिनम लिकर । बोतलमा ६४०० वटा हीराको टुक्रा जडित छ ।

१९ लाख डलर अर्थात् २० करोड नेपाली रुपैयाँ पर्ने रक्सीको बोतल हो हेनरी चौंथो डुडोगनन हेरिटेज कोग्नाक ग्रान्डे स्याम्पेन । यो एक सय वर्ष पुरानो हो । यसमा २४ क्यारटको सुन र चाँदीले घेरिएको छ । यसमा सात हजार टुक्रा हीरा छ ।

डामाल्फी लिमोनसेलो सुप्रिमी रक्सीको बोतलको मूल्य ४४ लाख डलर अर्थात् ५० करोड भन्दा बढी नेपाली रुपैयाँ पर्छ । यसमा पनि विश्वकै महङ्गो मध्येको हीराहरु जडित छ ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्