Logo

इतिहास बनाउन नेपाल चुक्यो, भारतलाई साफ च्याम्पियनसिपको उपाधि



काठमाडौं, ३० असोज । नेपाल साफ च्याम्पियन फुटबल बन्ने अवसरबाट चुकेको छ । पहिलोपटक साफ च्याम्पियन बन्ने गरी मैदानमा उत्रिएको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा चुकेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफको ४९ र ५०औं मिनेटमा भारतले दुई गोल गर्यो । कप्तान सुनिल क्षेत्रीले पहिलो गोल गरेका थिए । दोस्रो गोल सुरेश वाङ्जामले गरेका थिए ।

भारतका लागि तेस्रो गोल इन्जुरी समयमा सहाल समादले गरेका थिए । खेल ३-० ले भारतको पक्षमा गयो । भारत आठौं पटक साफ च्याम्पियन बन्न सक्यो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot