Logo

किम जोङ उनको तौल घटेपछि जनता चिन्तित !



काठमाडौं, ३१ असोज । उत्तर कोरियाली शासक किम जोङ उनको तौल घटेको विषयमा अमेरिकी टेलिजिभन च्यानल सीएनएनले पनि रिपोर्ट बनाएको छ ।३७ वर्षीय शासकको शारीरिक तौलमा देखिने गरी नै फरक आएको छ तर उनको तौल किन र कसरी घटेको हो भन्ने चाहिँ यकिन छैन । हालैमात्र एक सभामा उपस्थित भएका उत्तर कोरियाली नेता किम जोङ्ग उनको तौल घटेको देखिएपछि त्यहाँका जनता चिन्तित बनेको रिपोर्ट छ ।

कोरियाको सरकार नियन्त्रित मिडिया केआरटीका अनुसार नेता उन पहिलेको तुलनामा एकदमै दुब्लो देखिएका छन् । उत्तर कोरियाली सरकारी मिडियालाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘उनको हालैको फुटेज देखेपछि उत्तर कोरियाका हरेक मानिस स्वास्थ्यलाई लिएर चिन्तामा छन् ।’

विदेशी विश्लेषकहरूले उनको स्वास्थ्यलाई लिएर टिप्पणी गरेपछि जुन महिनामा वक्तव्य आएको थियो । उत्तर कोरियाली मिडिया भन्छ, ‘नेता किम जोङ उनको तौल घटेपछि जनता चिन्तित छन् ।’ केआरटीले उनको स्वास्थ्यप्रति चिन्ता जनाएको भनी प्योङयाङका एक व्यक्तिसँगको अन्तर्वार्ता प्रसारण गरेका थिए । Repost



प्रतिक्रिया दिनुहोस्