Logo

इतिहास रच्दै अन्तरीक्षमा चलचित्र छाँयाकन गरेर फर्कियो रुसी यान



एजेन्सी, ३१ असोज । रुस अन्तरीक्षमा चलचित्रको सफल छायाँकन गर्ने पहिलो देश बनेको छ । अन्तरीक्ष अध्ययनमा धेरैवटा किर्तिमान बनाएको रुसले अन्तरीक्षयात्रीसहित कलाकारलाई पठाएर चलचित्रको छायाँकन गरेको हो ।

अन्तरीक्षमा चलचित्रको छायाँकन गरेर रुसी यान आज विहान पृथ्वीमा फर्किएको छ । सोयुज एम एस १८ अन्तरीक्षयान अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा १२ दिन रहेर फर्किएको हो ।

अन्तरीक्ष यान काजकस्तानमा अवतरण गरेको हो । काजक शहरको जेजकाजनबाट १४८ किलोमिटर उत्तरपूर्वमा यान उत्रिएको हो ।

यानमा नायिका युलिया पेरेशिल्ड र चलचित्र निर्देशक क्लिम सिपेन्को समेत थिए । यानमा रुसी अन्तरीक्षयात्री एन्टोन स्क्काप्लेरोभ, ओलेग नोभिटस्किी र प्योटर डुब्रोभ पनि थिए ।-Photo Source:  Cosmonaut Oleg Novitsky/Roscosmos press service



प्रतिक्रिया दिनुहोस्